आज कुन देशको मुद्राको नेपाली मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ । अमेरिकी डलरको नेपाली मूल्यले आज नयाँ इतिहास कायम गरेको हो ।
युरो एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ३५ पैसा र बिक्री दर ८३ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७४ पैसा रहेको छ ।













