गरिमा विकास बैंकका ग्राहकले ‘द हिमालयन ग्रिल बाई बाजेको’ मा सेवा लिदाँ १५ प्रतिशत छुट पाउने « Arthapath.com
२४ असार २०८३, बुधबार

गरिमा विकास बैंकका ग्राहकले ‘द हिमालयन ग्रिल बाई बाजेको’ मा सेवा लिदाँ १५ प्रतिशत छुट पाउने



काठमाडौं । गरिमा विकार बैंकले काठमाडौंको सामाखुसीमा रहेको द हिमालयन ग्रिल बाई बाजेको बीच विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सहमति भएको छ ।


सहमति अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट पाउनेछन् । सहमतिमा विकास बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ अध्यक्ष मौसम कुमार बीच सहमति भएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्