बिओके.क्यापिटलको साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने निर्णय « Arthapath.com
२४ असार २०८३, बुधबार

बिओके.क्यापिटलको साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने निर्णय



काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष.२०७८/७९ को वित्तिय विवरणहरु परित गर्नुका साथै आ .व .२०७८/७९ मा सचिंत मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गर्नुका सथै आगामी आ.ब. २०७९/८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी, बिओकेले विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले समिक्षा अवधिमा ६ वटा कम्पनीहरुको प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सहमति पत्रमा हस्ताक्षर गरेको छन् ।


बिओकेल ११ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको छ । यस कम्पनीले हालसम्म जम्मा ८५ हजार ६ सय ८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवा अन्र्तगत ९८ जना को १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।


मूल्य अभिवृद्धि र बढ्दो व्याजदरले शेयर बजारमा समेत ४० प्रतिशत भन्दा बढी गिरावट आएकोे यस्तो कठिन अवस्थामा पनि यस कम्पनीले सुझबुझका साथ कार्यसम्पादन गरी आजको साधारण सभा बाट प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्