नेप्से आकाशियो, उत्साहित लगानीकर्ता-लयमा फर्किदैं शेयर बजार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से आकाशियो, उत्साहित लगानीकर्ता-लयमा फर्किदैं शेयर बजार



काठमाडौं । आइतबार शेयर बजारमा छलाङ आएको छ । गत साताको अन्तिम दिन दोहोरो अकंले घटेको शेयर बजार यो साताको सुरुवात मै सकारात्मक तिर लम्किएको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले धामाधम लाभांश घोषणा गरेका छन् । तुलनात्मकरुपमा कम्पनीहरुले गत वर्षभन्दा बढी लाभांश दिएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासस्मममा बैंकहरुले आफ्नो नाफा समेत बढाएका छन् । लघुवित्तकहरुले पनि राम्रो लाभांश दिने देखिएको हुदाँ शेयर बजार उचालिएको आंकलन गर्ने थालिएको छ ।

पछिल्लो १५ महिनादेखि घटेको सेयर बजार अहिले भने लयमा फर्किन खोजेको देखिन्छ । चुनावको समयमा बजार बढ्छ भन्ने आम लगानीकर्ताको पहिलादेखि नै बुझाई रहँदै आएको छ । नयाँ सरकार बन्ने र त्यसले पुँजी बजार विकास र विस्तारका कार्यहरु पनि अघि बढाउने भन्दै लगानीकर्ता आशावादी देखिन्छन् । पछिल्लो समय विभिन्न राजनीतिक दलहरुले शेयर बजार सम्बन्धी आफ्नो घोषणा पत्रमा चासो र प्राथमिकताको विषय बनाउँदै आएका छन् । यस कारण पनि लगानीकर्तामा आत्मविश्वास बढेको देखिन्छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२० अकंले बढेर १९६५.३६ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.१४ अकंले घटेर १९२२.१६ बिन्दुमा बन्द भएको थियो ।

आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच हुदाँ ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँको कारोबार भएको थियो ।

आज १२ उपसूचकमा हरियाली छाएको छ । आइतबार म्युचुअल फण्डको शेयर मूल्य ०.०५ प्रतिशतले घटेको छ भने अन्य सबै सूचक आकाशिएको छ । आज बैंकिङ समूहको ०.८४ प्रतिशत, ब्यापार समूहको २.९ प्रतिशत, विकास बैंक समूहको २.६४ प्रतिशत, हाइड्रोपावर समूहको ३.३५ प्रतिशत, फाइनान्स समूहको ४.०८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज ५ कम्पनीको शेयरमा सकारात्म सर्किट लागेको छ भने नबिल इक्वाटी फण्डका इकाइधनीले सर्वाधिक गुमाएकाछन् ।


प्रतिक्रिया दिनुहोस्