सोल्टी होटलको मुनाफा ११ करोड माथि लम्किदैं, यस्तो छ अन्य सूचक
काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी २ करोड ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
असोज मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल ४१ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १२ करोड ३६ लाख रुपैयाँ आम्दानी भन्दा २३४.१५ प्रतिशतले धेरै हो ।
आम्दानी बढेसँगै सोल्टीले १२ करोड ६६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा २ करोड १ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ, रिजर्भ कोषमा ९९ करोड ८७ लाख रुपैयाँ रहेको छ । होटलको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ ८५ पैसा छ । गत वर्ष यो होटल प्रतिसेयर २५ पैसा नोक्सानमा रहेको थियो भने प्रतिसेयर नेटवर्थ १६ रुपैयाँ ७५ पैसा रहेको थियो ।













