पिपुल्स हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुदैं, ७ लाख आवेदकको हात रित्तो
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ आज (मंसिर ७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा दिउँसो ४ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरेको हो ।
हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो ।
कम्पनीको आइपीओमा १२ लाख ३४ हजार ३१० जना आवेदकले १ करोड ४६ लाख २७ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ उक्त आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ । जस अन्तर्गत ५ लाख १५ हजार ७८८ जनाले मात्र १० कित्ताका दरले आइपीओ पाउनेछन् । बाँकी ७ लाखका हात रित्तो हुने छ ।
कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।















