गाँजा अब विषबाट बुटी, ‘हानिकारक लागुऔषध’ बाट ‘औषधि ? « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

गाँजा अब विषबाट बुटी, ‘हानिकारक लागुऔषध’ बाट ‘औषधि ?



काठमाडौं । गाँजा र भाङलाई ‘शिवको प्रसाद’ भन्दै ग्रहण गर्नेको संख्या ठूलो छ । गाँजा उत्पत्तिका विभिन्न व्याख्या भए पनि यसलाई हिन्दुहरूले अझ युवापुस्ताका लागि भने शिवरात्री ‘शिव बुटी’ वा ‘शिवको प्रसाद रूपमा सेवन गर्ने चलन छ । शिवरात्रिका दिन त लुकीचोरी गाँजा सेवन गर्ने परम्परा नै बनिसकेको छ ।

गाँजालाई हानिकारक लागुऔषधको सूचीमै राखिरहने कि हटाउने भन्ने विषयमा राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोग ९यूनसीएनडी० ले गरेको मतदानमा हटाउनुपर्ने पक्षमा बहुमत सदस्यले मतदान गरेका छन् । बुधबार भएको मतदानमा यूएनसीएनडीका ५३ सदस्यमध्ये २७ मुलुकले पक्षमा र २५ ले विपक्षमा मतदान गरेका छन् । मतदानसँगै गाँजालाई राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोग यूनसीएनडी ले हानिकारक लागुऔषधको सूचीबाट हटाएको हो ।

गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा नेपालले पनि मतदान गरेको छ । त्यस्तै पक्षमा मतदान गर्नेमा अमेरिका, बेलायत, भारत, अस्ट्रेलिया, थाइल्यान्ड, क्यानडा, बेल्जियम, फ्रान्सलगायत मुलुक छन् । गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउन नहुने पक्षमा मत हाल्नेमा ब्राजिल, चीन, अफगानिस्तान, पाकिस्तान, जापान, इराक, लिबिया, रुस, क्युबा, हंगेरीलगायत मुलुक छन् । मतदानमा युक्रेन भने अनुपस्थित रहेको थियो ।

राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोगले सन् १९६१ महासन्धिको अनुसूची ४ मा रहेको गाँजालाई अनुसूचीमा १ मा छुट्टै राख्ने गरी संशोधन गरेको हो । यसको अर्थ गाँजालाई वैधानिकता प्राप्त भएको भने होइन । यो व्यवस्थाबाट गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउँदै यसको औषधिजन्य गुण र वनस्पतिका रुपमा लिने विषयको वकालत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

अमेरिकाले गाँजाको सुरक्षित र प्रभावकारी प्रयोग भए यसले विभिन्न रोगको निदानमा सघाउन पुग्न सक्ने बताएको छ । त्यस्तै विपक्षमा मतदान गरेको जापानले भने गाँजाको गैरचिकित्सकीय प्रयोगले स्वास्थ्यमा मात्रै नभएर सामाजिक रुपमा समेत प्रभाव पार्ने बताएको छ । यसले विशेष गरी युवा पुस्तालाई असर पुग्ने जापानको तर्क छ ।

विश्वमा वैधानिक र अवैधानिक रुपमा गरी गाँजाको ठूलो कारोबार हुने गरेको बताइन्छ । कोवेन बैंकले गरेको एउटा अध्ययन अनुसार सन् २०२५ सम्म चिकित्सकीय प्रयोग र रमाइलोका लागि समेत गरी करिब ३४ अर्ब अमेरिकी डलरबराबरको गाँजा खपत हुने अनुमान गरिएको छ ।

नेपालमा गाँजा बहस

गाँजा आँगन, करेसाबारी, वनपाखा जताततै गाँजा आफैं उम्रिन्छ । नेपालमा कति मानिसले गाँजा खान्छन् भन्ने कुनै अभिलेख छैन, तर हरेक गाउँमा रैथाने गाँजाका अम्मलीहरू थुप्रै भेटिन्छन् । सरकारद्वारा गाँजा प्रतिबन्धित भएका कारण यसको ओसारपसार लुकीछिपी हुन्छ । बिक्रीमा घोषित प्रतिबन्ध छ तर सहरमा किनबेच रोकिएको छैन । यसको खेती गर्नु गैरकानुनी हुन्छ । त्यसकारण प्रहरीले बेला–बेला गाँजा नष्ट अभियान चलाउँछ ।

अर्का नेता केशव स्थापित पनि लामो समयदेखि गाँजामाथि प्रतिबन्ध फुकुवा माग गर्दै आएका छन् । स्थापितले त यसलाई समृद्धिको मुद्दासँग जोडेर चर्चा गर्दै आएका छन् । उनी भन्छन्, ‘कुनै समय एक अमेरिकी डलर बराबर नेपाली ६ रुपैयाँ हुन्थ्यो । आज १ सय १५ रुपैयाँ पुगेको छ । उनीहरूले हामीसँग भएको प्राकृतिक स्रोतमाथि प्रतिबन्ध लगाएर त्यसको उत्पादन आफैंले गरिरहेका छन् । यसरी हामी झन्पछि झन् गरिब र उनीहरू धनी भइरहेका छन् ।’

मकवानपुरका विरोध खतिवडाको समर्थनमा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजा खेती गर्न छुट दिनुपर्ने भन्दै प्रतिनिधिसभामा प्रस्ताव दर्ता गरेका थिए । तामाङले गाँजा खेतीलाई कानुनी मान्यता दिएर रोजगारी सिर्जना गर्नुपर्ने बताएका थिए । उनले विधेयकको उद्देश्य र कारणमा लेखेका छन्, गाँजाको उपयोग औषधि निर्माण तथा यसको रेसाबाट कपडालगायत सामग्रीको उत्पादन गर्न सकिने र डाँठ फर्निचर बोर्ड तथा इँटासमेतका लागि उपयोगी हुन सक्ने गुण रहेको छ ।

सांसदहरूले नेपालमा कुनै बेला प्रतिनिधिसभामा गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी गैर–सरकारी विधेयक गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६० दर्ता गरेका छन् । यो विधेयकले कानुनी रुपले लिए नेपाली अर्थतन्त्रमा ५०र६० खर्बको योगदान पुग्ने दाबी गरिएको छ । गाँजा खेतीबाट हरियाली वातावरण संरक्षण हुने र यसले जलवायु परिवर्तनलाई समेत न्यूनीकरण गर्ने, अमेरिका र क्यानडाका केही राज्यमा गाँजा खेतीलाई कानुनी मान्यता पाएको बताउँदै नेपालले पनि यसको व्यावसायकीकरण गर्नुपर्ने तामाङको तर्क छ ।

गाँजा कुनै बेला नेपालको ग्रामीण अर्थतन्त्रकै मेरुदण्ड थियो । त्यसैले अब गाँजा खुल्ला गर्दा कृषकहरू धनी हुन्छन् भन्ने तर्क पनि सुनिन्छ । कतिपय भने गाँजा अफिसबाट लाभ लिने भनेको तस्कर, दलालले मात्रै हुने बताउँछन् । त्यसमा क्यानडा पछिल्लो देश हो, जहाँ केही महीना अघि मात्र औषधि र मनोरञ्जनका लागि गाँजाको सेवन र बिक्री–वितरण खुला गर्ने कानून संसदबाट पारित भएको छ ।

क्यानडामा सन् १९२३ देखि गाँजा प्रतिबन्धित थियो । उक्त प्रतिबन्ध आंशिक हटाउँदै सन् २००१ मा गाँजालाई औषधि प्रयोजनमा खुला गरिएको थियो । अब भने प्रान्त र नगरपालिकाहरूमा गाँजा बिक्री–वितरण केन्द्र स्थापना हुनेछन् भने एक परिवारले गाँजाका चार वटासम्म बोट रोप्न पाउनेछन् । गाँजा सेवन र किनबेचका लागि १८ वर्षको उमेरसीमा तोकिएको छ । यसको नियमन गर्ने कानून बनाउने अधिकार प्रान्तहरूलाई दिइएको छ ।

नेपालमा कुनै बेला परम्परागत रूपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो । सदियौंदेखि गाँजाको आयुर्वेदिक ओखती प्रयोग हुँदै आएको थियो। सिंहदरबार वैद्यखानादेखि पुस्तैनी वैद्यहरूले समेत ती औषधि चलाउँथे । सन् १९७० दशकमा अमेरिकी दबाबले गाँजा प्रतिबन्धित भएपछि औषधि उत्पादन हुन छाडे। आयुर्वेदिक अनुसन्धान पनि बन्द भयो । आयुर्वेदमा ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमा देखिन्छ । वैद्यखाना आफैंले गाँजाजन्य ओखती उत्पादन गर्थ्यो। निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग हुँदै आएको वैद्यखानाको रेकर्डमा छ ।

गाँजाले मान्छेको स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । कतिपय रोगमा गाँजाले औषधिको काम गर्ने ती अनुसन्धानको निष्कर्ष छ। खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता स्वास्थ्य समस्याको उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ । शल्यक्रिया गर्दा औषधिले बेहोस पार्न नसकिने बिरामीलाई गाँजाले लठ्याउन सकिने अनुसन्धानको निष्कर्ष छ । शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरेको अनुसन्धानले गाँजालाई ९८ प्रतिशत औषधिजन्य वनस्पति हो भनेर प्रमाणित गरेको छ । यसको बोटानिकल नाम क्यानाबिस स्याटिवा हो । आयुर्वेदमा समेत गाँजाको औषधिय महत्व छ । आयुर्वेदका अनुसार गाँजालाई दुखाइ कम गर्ने, श्वास–प्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । औषधि बन्ने क्रममा २५ सय बढी औषधिमा कुनै न कुनै प्रकारले गाँजाको प्रयोग भइरहेको छ ।

गाँजाका उपयोगिताबारे आयुर्वेद क्याम्पस कीर्तिपुरमा पढाइसमेत हुन्छ । स्नातक तहका दिर्देगुण विज्ञान र भाव प्रकाश किताबमा गाँजाको आयुर्वेदिक उपयोगिताबारे प्रष्टरूपमा लेखिएको छ ।

‘शिवले खान हुने हामीले नहुने ?’

‘शिवले खान हुने हामीले नहुने रु’ भन्दै नशाको प्रयोग गर्ने गरेका छन् । अब प्रश्न उठ्छ( भगवान शिवले यस प्रकारका नशायुक्त पदार्थको सेन किन गरेको होला रु वास्तवमा यसको पछाडि एक कथा लुकेको छ । कथा अनुसार देवता र दैत्य मिलेर अमृतका लागि समुन्द्र मन्थन गरिरहेका थिए । उक्त समुन्द्र मन्थनमा अमृतका साथसाथ विष पनि निस्किरहेको थियो ।

पवित्र अमृतलाई त भगवान विष्णुले अत्यन्तै सुन्दर स्त्रीको रूप धारण गरेर लगे । त्यसपछि बाँकी रह्यो विष । यो विष निकै घातक थियो । त्यसको एक थोपाले पनि पृथ्वीमा ठूलो हानी पुर्‍याउन सक्थ्यो । श्रृष्टिको लागि विनाशकारी सावित हुन सक्थ्यो । यो विषलाई यत्तिकै छोड्न मिल्दैन थियो । अब समस्या पर्न गयो कि यो विष कसले पिउने रु

यसपछि सबै देवताले भगवान शिवलाई अनुरोध गरे । सबै देवीदेवताले शिव भगवानलाई यो विष धारण गर्न आग्रह गरे, किनकी भगवान शिवले मात्र त्यो विषको प्रकोपलाई सहन गर्न सामर्थ्य राख्थे । सबै देवताको अनुरोध र संसारको कल्याणका लागि भगवान शिवले उक्त विष पिए । शिव भगवानले विष पिउना साथ उनको गलालाई शिव पत्नी पार्वतीले समातिन् । विष भगवान शिवको शरीर भित्र पस्न पाएन । विष भगवान शिवको गलामा रोकियो जसका कारण शिव भगवानलाई नीलकण्ठ भन्ने गरिन्छ ।

विष पिउनाले भगवान शिवको स्थिति बिग्रन लाग्यो र भगवान शिव अचेत हुन लागे । तब त्यसको प्रभाव शान्त गर्नका लागि भगवान शिवलाई भांग, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरियो ।

भगवान शिवले भांग धतुरा चढाउने परम्परा भगवान शिवको पूजा तथा अभिषेकको एक हिस्सा बनेको हो । तर अर्को अर्थमा भांग र धतुरो नशायुक्त पदार्थ हुन् । भगवान शिवलाई भांग, धतूरो चढाउनुको अर्थ हो आफ्नो खराबीलाई भगवानलाई समर्पित गर्नु या आफ्ना नराम्रो बानी र खराबीलाई त्याग्नु नै शिवको सही अर्थमा आराधना हो ।


प्रतिक्रिया दिनुहोस्