वर्षापछि सबै जहाज नेपाली आकाशमै ‘अलपत्र’ « Arthapath.com
१४ फाल्गुन २०७९, आईतवार

वर्षापछि सबै जहाज नेपाली आकाशमै ‘अलपत्र’



काठमाडौं । अचानक मौशम परिवर्तन भई वर्षा भएपछि जहाजहरुको उडान र अवतरण प्रभावित भएको छ । मौशम खराबीका कारण आन्तरिक र बाह्य दुवै उडानका सबै जहाजहरु यतिबेला नेपाली आकाशमै अलपत्र परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ । कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षातका कारण जहाजहरु अहिले अवतरण गर्न नसकेका हुन् । अहिले आन्तरिक उडानका जहाजहरु समेत अवतरण गर्न सकेका छैनन् । आज यस पटकको पहिलो हिउँदे वर्षा भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्