सेवामा अब्बल बन्दै साना किसान लघुवित्त, ११ लाख किसानको साहारा बन्दै « Arthapath.com
१४ बैशाख २०८०, बिहीबार

सेवामा अब्बल बन्दै साना किसान लघुवित्त, ११ लाख किसानको साहारा बन्दै



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेवालाई चुस्त दुरुत बनाउदैं लगि रहेको छ ।

ग्रामिण देखि सहरभरी फैलिएको लघुवित्तले आफ्नो वित्त सेवालाई हरेक परिवारको घरदैलोमा लैजान लागि परेको छ । वर्तमान समयमा लघुवित्त प्रति आमजनसमुदायको विश्वास घट्दैं गएको अवस्थामा साना किसान विकास लघुवित्त भने आकर्षक रुपमा ब्यवसायलाई तिब्रता दिदै आइरहेको हो । गाउँ बस्तीका किसानको घाउमा मलम लगाउन लघुवित्त निकैं सक्रिय बन्दै गएको अवस्था छ ।

लघुवित्तले बेष्ट म्यानेटमेन्ट टिम अवार्ड प्राप्त गरेको छ । बैशाख ८ गते नेपाल सरकार अर्थ मन्त्रालय र एशियाली विकास बैंकले गोकर्ण फरेस्ट रिपोर्टमा सयुक्त रुपमा आयोजना गरेको Country Portfolio Review Meeting  बाट उक्त अवार्ड प्राप्त गरेको हो ।

नेपालमा वि.स. २०३२ सालदेखि सञ्चालित साना किसान विकास आयोजनाबाट सहकारीमा रूपान्तरित साना किसान सहकारी संस्थाहरुलाई ऋणपुंजीको व्यवस्था गर्न २०५८ सालमा तत्कालिन विकास बैंक ऐन अन्तर्गत साना किसान विकास बैंकको स्थापना भएको हो । बैंक तथा वित्तीय संस्था ऐन लाग भएपछि राष्ट्रियस्तरको “घ“ वर्गको थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको रुपमा संस्थाले सेवा प्रवाह गर्दै आएको छ ।

२०७९ पुषसम्ममा संस्थाको जारी तथा चुक्ता पुँजी १ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ र पुँजी कोष ४ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ पुगेको छ । वित्तीय संस्थाको सेयर पुँजीमा साना किसानहरुको हिस्सा ४४५ सेयर स्वामित्व रहेको छ । संस्थाको कुल सम्पत्ति ३२ अर्व ५४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा उक्त रकम १४० भन्दा बढीले बढेको छ । संस्थाले सुरुदेखि हालसम्म १ खर्व ५० अर्ब ४५ करोड रुपैयाँ लगानी गरी १ खर्ब १८ अर्व ८४ करोड रुपैयाँ असुली गरेको छ । वित्तीय संस्थाको लगानीमा बाँकी ऋण ३१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

देशका ७६ जिल्लाका ५ सय ४५ स्थानीय तहमा कार्यरत १ हजार ३ सय ३० साझेदार सहकारीबाट १० लाख ३१ हजार र अनुसरणका क्रममा रहेका थप १२९ सहकारीबाट ४८ हजार गरी कुल १ हजार ४ सय ५९ सहकारीमार्फत १० लाख ७९ हजार परिवारमा संस्थाको सेवा पुगेको छ । दलित ११ प्रतिशत, जनजाती ३९ प्रतिशत र अन्यको ५० प्रतिशत रहेकोमा महिला सहभागिता ७९ प्रतिशत छ । साझेदार संस्थाहरुको यसै आ.व को पुषमा लगानीमा रहीरहेको कर्जा ८७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । आबद्ध संस्थाहरूले ६५ अर्ब ३१ करोड रुपैयाँ बराबरीको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् ।

“ग्रामीण अर्थतन्त्रको संरचनात्मक रूपान्तरण“ भन्ने सोच वित्तीय संस्थाको रहेको छ वित्तीय संस्थाले लघुकर्जा, सहुलियत व्याजदरमा दुध तथा मासुजन्य पशुपालन कर्जा तरकारी खेती कर्जा, बागमती प्रदेश सरकारसंगको सहकार्यमा सहुलियतपूर्ण कर्जा, ग्रामीण स्वावलम्बन कर्जा, बैकल्पिक उर्जा कर्जा, चिया उद्योग सञ्चालन कर्जा वैदेशिक रोजगार लक्षित सुनौलो भविष्य र समृद्धि कर्जा जस्ता किसानका माग अनुसारका कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । पशुपालन व्यवसायबाट साना किसानको आय ४ देखि ११ गुणाले वृद्धि भएको अध्ययनले देखाएको छ ।

साना किसान विकास अभियानका तर्फबाटसंस्थाले आयोजना गरेको “साना किसान सम्मेलन, २०७५” को घोषणा पत्रलाई आफ्नो मार्गदर्शन मानी आगामी दिनमासंस्थाले अझै विशिष्टिकृतरुपमा आफुलाई स्थापित गर्ने प्रयासलाई जारी राख्दै “साना किसानको समृद्धि : कृषिको रुपान्तरण र उद्यमशीलताको विकास“ भन्ने मुलमन्त्रको आत्मसात मार्फत कृषिको यान्त्रीकरण, व्यावसायिकरण, मूल्यखला अभिवृद्धि, कृषिमा युवाहरुलाई आकर्षण, कृषि जनशक्तिको दक्षता अभिवृद्धि, कृषिका लागि आवश्यक प्रविधि, वित्त र अनुदान सेवाको एकद्वारको रुपमा कार्य गर्न प्रतिवद्ध गरेको छ । प्रत्येक नेपालीको भान्सामा साना किसानको उत्पादनहरु पुरÞ्याउने यस वित्तीय संस्थाको आगामी लक्ष्य रहेको छ ।

नेपालमा कृषि कर्जा सेवा उपलब्ध गराउने विशिष्टिकृत वित्तीय संस्थाको खाँचोको विकल्पमा यस वित्तीय संस्थालाई उभ्याउन एकै प्रकृतिका वित्तीय संस्थासँग मर्जरमा जाने कामलाई अघि बढाउने क्रममा यस वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा २०७९÷११÷१८ गते दुवै वित्तीय संस्थाको सञ्चालक समितिको रोहबरमा स्वाप रेसियो १०० ः ८७ को अनुपात कायम गर्ने गरी अन्तिम सम्झौता भइसकेको छ । सबै परिस्थिति सामान्य रहेमा यसै आर्थिक वर्ष भित्र संयुक्त कारोबार सुरु गर्ने लक्ष्य रहेको छ ।

साना किसानले सरकारको सेवा प्रशारण साझेदार, गरिबी न्यूनीकरणको मौलिक नमूना, विपन्न, दलित, महिला र पछाडी परेका वर्गको शसक्तिकरण र ग्रामीण कृषि अर्थतन्त्र रूपान्तरण उत्कृष्ट कार्य गरेको छ ।


प्रतिक्रिया दिनुहोस्