पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम गर्ने माग गर्दै लगानीकर्ता आन्दोलित « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम गर्ने माग गर्दै लगानीकर्ता आन्दोलित



काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न माग राख्दैं आन्दोलित भएका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघ आन्दोलित भएका हुन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम उनीहरुको माग रहेको छ ।

उनिहरुको आन्दोलनलाई सांसद हरि ढकालले समेत साथ दिएका छन् । उनले अर्थमन्त्री भारत भ्रमण सकेर आउने वित्तीकै लगानीकर्ताको गुनोसो बारे छलफल गर्ने उनले बताए ।

लगानीकर्ताहरुले आर्थिक विधेयक २०८० को बुँदा नम्बर २९ मा भएको ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था’ कर विभागको २०७७ असार ५ गतेको पत्र विपरीत रहेको उनीहरुको भनाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्