मल्टीपर्पस फाइनान्सको सेयर संरचना परिवर्तन

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ ।
अब कम्पनीको संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत सेयर कायम भएको हो । यसअघिसंस्थापक तर्फको ६० प्रतिशत र सर्वसाधारण तर्फको ४० प्रतिशत सेयर रहेको थियो ।
कम्पनीले संस्थापक तर्फको ९ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा परिणत गरेको हो ।