अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा भदौं २६ गते, के के छन् एजण्डा « Arthapath.com
१६ श्रावण २०८०, मंगलवार

अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा भदौं २६ गते, के के छन् एजण्डा



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा भदौ ६ गतेका लागि बोलाएको छ । सभा नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७८÷०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै आर्थिक वर्ष ०७९÷८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजीक संस्थाहरूलाई उपलब्ध गराएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सकेको छ । जसका लागि साउन २६ गते बुक क्लोज गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्