१ अर्ब ९२ करोडमा सिमित कारोबार, कुन कम्पनीको कति ? « Arthapath.com
१६ श्रावण २०८०, मंगलवार

१ अर्ब ९२ करोडमा सिमित कारोबार, कुन कम्पनीको कति ?



काठमाडौं । मौद्रिक नीति सार्वजनिक भए यता कारोबार निरन्तर खुम्चि रहेको छ । लगानीकर्ता निराश बन्दै जाँदा प्रत्येक दिन कारोबार रकम खुम्चिदै गएको हो ।

बजार आज २८ अकंले घट्दा परिसूचक पनि २०७७ बिन्दुमा आइपुगेको छ । आज २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

अपर तामाकोशी हाइड्रोपावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ८ करोड ७४ लाख रुपैयाँको कारोबार भएको हो ।

साथै, शिवम सिमेन्टको ७ करोड ९२ लाख रुपैयाँ, सोल्टी होटलको ६ करोड २६ लाख रुपैयाँ र हिमालयन लाइफको ५ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्