काठमाडौंका कुन कुन ठाउँमा हुँदैछ विद्युत आपूर्ति प्रभावित र बन्द ? « Arthapath.com
२९ भाद्र २०८०, शुक्रबार

काठमाडौंका कुन कुन ठाउँमा हुँदैछ विद्युत आपूर्ति प्रभावित र बन्द ?



काठमाडौं । आज अर्थात शुक्रबार (भदौ २९ गते) र शनिबार (भदौ ३० गते) विभिन्न स्थानहरुमा विद्युत आपूर्ति प्रभावित अथवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना प्रकाशित गर्दै उपत्यकाका धेरै ठाउँमा विद्युत आपूर्ति प्रभावित हुने बताएको हो ।

शुक्रबार कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङरोड, भैँसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरु ९थापाथली, सुन्धारा र के २० बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु बिहान ८ बजेदेखि असोज १ गते सोमबार बिहान ८ बजेसम्म प्रभावित हुने बताइएको छ । त्यसैगरी, पिक लोडको बेला केही समय विद्युत कटौती पनि हुन जनाएको छ ।

भदौ ३० गते शनिबार पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुनेछ ।

शनिबार नै कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङरोड, भैँसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरु (थापाथली, सुन्धारा र के २) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्