२७ निर्माण कम्पनीलाई सार्वजनिक खरिदले सोध्यो स्पष्टीकरण, ७ दिनभित्र पेस नगरे कालोसूचीमा राख्ने « Arthapath.com
१९ चैत्र २०८०, सोमबार

२७ निर्माण कम्पनीलाई सार्वजनिक खरिदले सोध्यो स्पष्टीकरण, ७ दिनभित्र पेस नगरे कालोसूचीमा राख्ने



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन बढी निर्माण कम्पनी तथा निर्माण सामाग्री आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने भएको छ । कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

विभिन्न सार्वजनिक निकायद्वारा गरिएको सिफारिसको आधारमा ती कम्पनीहरुलाई कालोसूचीमा राख्न लागिएको कार्यालयले जनाएको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै कालोसूचीमा राख्नु नपर्ने कारणसहित एक हप्ताभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । यसअघि पनि ती कम्पनीहरुलाई ३० दिनको म्याद दिएर लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरेको थियो । तर, सो अवधिमा कुनै पनि जवाफ नदिएपछि स्पष्टीकण सोधेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।

कार्यालयले तोकिएको सो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस्