ज्योति विकास बैंकले कमायो १५ करोड बढी नाफा, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
५ बैशाख २०८१, बुधबार

ज्योति विकास बैंकले कमायो १५ करोड बढी नाफा, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा गिरावट आएको देखिएको छ ।

चैत मसान्तसम्म बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा १ अर्ब ७० करोड ६८ लाख रुपैयाँ ब्याज आम्दानी आर्जन गरेको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज बढेर ८३ करोड २ लाख ७९ हजार रुपैयाँ पुगेको छ । फलस्वरुप ब्याज आम्दानी सामान्य बढेपनि खुद नाफा घट्न पुगेको छ ।

यस अवधिसम्म बैंकको निष्क्रिय कर्जा (एनपिएल) ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ।

४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ६३ अर्ब ४२ करोड निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रतिक्रिया दिनुहोस्