१ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरि एकैपटक ३४ निर्माण कम्पनी कालोसूचीमा « Arthapath.com
११ बैशाख २०८१, मंगलवार

१ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरि एकैपटक ३४ निर्माण कम्पनी कालोसूचीमा



काठमाडौं । झन्डै तीन दर्जन ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने ३४ ठेकेदार कम्पनीलाई एकैपटक कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

ती निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्ममका लागि कालो सूचीमा राखिएको छ । जसमा १ निर्माण कम्पनीलाई २ वर्ष ६ महिना, १२ निर्माण कम्पनीलाई २ वर्ष, ८ वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

यस्तै, १ निर्माण कम्पनीलाई १ वर्ष ३ महिना र अन्य १२ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्