सिद्धार्थ बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा « Arthapath.com
११ बैशाख २०८१, मंगलवार

सिद्धार्थ बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरूको नाममा रहेको ५ लाख १० हजार ३०७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको बैंकको सचिवालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्