सूर्यज्योति लाइफको लोभलाग्दो प्रगति: नाफासँगै इपिएस पनि बढ्यो, मुख्य सूचकहरु कस्ता ? « Arthapath.com
१३ बैशाख २०८१, बिहीबार

सूर्यज्योति लाइफको लोभलाग्दो प्रगति: नाफासँगै इपिएस पनि बढ्यो, मुख्य सूचकहरु कस्ता ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सूर्यज्योति लाइफ इन्स्योरेन्सले २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

उक्त अवधिसम्म कम्पनीले ६ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत वर्षको अवधिमा ३८.६८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

चुक्तापुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म सेयर प्रिमियममा ३ करोड ७२ लाख रुपैयाँ सञ्चित गरेको छ। यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ३४ करोड १७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ६० करोड ७२ लाख रुपैयाँ रहेको छ।

यो अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार पनि २५.११ प्रतिशतले बढेर ३२ अर्ब २ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २५ अर्ब ५९ करोड ८३ लाख रुपैयाँ थियो।

अघिल्लो वर्ष महाविपत्ति कोषमा ३२ करोड ६९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड ९७ लाख रुपैयाँ थियो। यो हिसाबले महाविपत्ति कोषको आकार ४.५२ प्रतिशत र रिटेन्ड अर्निङ २०.८६ प्रतिशतले बढेको छ।

अघिल्लो वर्ष यही अवधिसम्म अन्य इक्विटीमा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब २ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ८.६७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ६.४७ रुपैयाँ थियो। पीई रेसियो ५६.८९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६६.३१ रुपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्