गोर्खाज फाइनान्सका नवनियुक्त अध्यक्षद्धारा शपथ ग्रहण « Arthapath.com
२० बैशाख २०८१, बिहीबार

गोर्खाज फाइनान्सका नवनियुक्त अध्यक्षद्धारा शपथ ग्रहण



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले सपथ ग्रहण गरेका छन् ।

बिहीबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग सपश ग्रहण गरेका हुन् ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजिनामा दिएका थिए । रिक्त अध्यक्ष पदमा शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कुमार घिमिरेले आगामी दिनमा जोखिम न्युनिकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज र सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने बताए ।

हाल कम्पनीको २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल छन् ।


प्रतिक्रिया दिनुहोस्