सेयर बजारको ओरालो यात्रामा निरन्तरता « Arthapath.com
२४ बैशाख २०८१, सोमबार

सेयर बजारको ओरालो यात्रामा निरन्तरता



काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार दोहोरो अंकले घटेको हो ।

सोमबार सेयर बजार मापक नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ बिन्दुमा झरेको छ । आइतबार पनि सेयर बजार घटेको थियो ।

कारोबार अवधिभर ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार रूपैयाँको कारोबार भएको छ ।

सोमबार विकास बैंक बाहेक अन्य सबै सूचक राताम्य बनेको छ । १७७ कम्पनीको सेयर मूल्य घट्यो भने ६२ कम्पनीको सेयरमूल्य बढेको छ ।

बोटलर्स नेपाल (तराई) को सेयर मूल्य सर्वाधिक ९.०३ प्रतिशतले बढेको छ । त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, सीवाईसी नेपाल लघुवित्त, दिव्यस्वरी हाइड्रोपावरलगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

पोखरा फाइनान्स र डोल्ती पावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्