मुक्तिनाथ क्यापिटलको संचालकमा लिला नाथ ढकाल « Arthapath.com
२५ बैशाख २०८१, मंगलवार

मुक्तिनाथ क्यापिटलको संचालकमा लिला नाथ ढकाल



काठमाडौं । मुक्तिनाथ क्यापिटलको संचालकमा लिला नाथ ढकाल नियुक्त भएका छन् । बैशाख २० गते बसेको संचालक समितिको बैठकले ढकाललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मनास्लु ट्रेडिङ्गलाई स्थापित गरी हाल प्रोपाईटरको रुपमा काम गर्नुका साथै उनीसंग अन्य विभिन्न संस्थामा उच्च व्यवस्थापन पदमा काम गरेको अनुभव रहेको छ ।

उनले हाथवे फाइनान्स कम्पनी लि. (हालको ग्लोबल आइएमई बैंक लि.) मा २०७४ देखि २०७६ सम्म संचालक पदमा र अन्य विभिन्न संस्थामा पनि व्यवस्थापकिय भूमिकामा सफलतापुर्वक काम गरेका छन् ।

ढकालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक पनि गरेका छन् ।

आफ्नो बृहत कार्य अनुभव र दक्ष व्यवस्थापकिय क्षमताका कारण बोर्डका नवनियुक्त संचालक लिला नाथ ढकालले आगामी दिनमा मुक्तिनाथ क्यापिटलले प्रदान गर्ने सेवाको विस्तार र अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्