दुर्गा प्रसाईँका कार्यकर्ताद्वारा एभरेष्ट र ज्योति विकास बैंक तोडफोड « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

दुर्गा प्रसाईँका कार्यकर्ताद्वारा एभरेष्ट र ज्योति विकास बैंक तोडफोड



काठमाडौं । मेडीकल व्यवसायी दुर्गा प्रसाईं निकट युवाहरुले दुई बैंकमा तोडफोड गरेका छन् । बिहीबार प्रसाईँको समर्थकले एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् ।

मंगलबार प्रसाईंको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा र्‍याली  आयोजना गरिएको थियो ।

आज उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्‍याली निकालेको थियो । ¥यालीमा सहभागि १२/१५ जनाको समूहले दुई बैंकका कार्यालय तोडफोड गरेका हुन् ।

तोडफोडमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया दिनुहोस्