सोल्टी होटलले गर्‍यो १ अर्ब ६८ करोडको व्यवसाय, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
२८ बैशाख २०८१, शुक्रबार

सोल्टी होटलले गर्‍यो १ अर्ब ६८ करोडको व्यवसाय, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो ।

आम्दानीसँगै होटलको खुद नाफा पनि बढेको छ । सो अवधिसम्म होटलको खुद नाफा ११.०८ प्रतिशतले बढेर ४१ करोड २३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा होटलको १ अर्ब ३५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब ३ करोड थियो । कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष ४ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा कायम छ ।


प्रतिक्रिया दिनुहोस्