विद्युत बिक्री आम्दानी घट्दा बुटवल पावरको नाफा प्रभावित « Arthapath.com
२८ बैशाख २०८१, शुक्रबार

विद्युत बिक्री आम्दानी घट्दा बुटवल पावरको नाफा प्रभावित



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बुटवल पावरको नाफामा गिरावट आएको छ । सो अवधिसम्म कम्पनीले चैतसम्ममा १८ करोड ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिमा ३२.८६ प्रतिशतले धेरै हो। गत वर्षको यसै अवधिमा कम्पनीले २६ करोड ८१ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी घट्दा नाफा प्रभावित भएको हो। गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ५८ करोड ३१ लाख आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा यस्तो आम्दानी ५४ करोड ३७ लाख रुपैयाँमा झरेको छ। कम्पनीको सञ्चालन नाफा २५ करोड ९२ लाख रुपैयाँबाट घटेर २१ करोड ८८ लाख रुपैयाँमा झरेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ छ। चैतसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ७८ पैसा छ।


प्रतिक्रिया दिनुहोस्