आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सेबोनले माग्यो सुझाव « Arthapath.com
२८ बैशाख २०८१, शुक्रबार

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सेबोनले माग्यो सुझाव



काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सुझाव मागेको छ ।

बोर्डले आगामी नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग सुझाव माग गरेको हो । सरोकारवालाहरुले धितोपत्र बजार तथा वस्तु विनियमावली बजार सम्बन्धी राय तथा सल्लाह–सुझाव दिन सक्नेछन् ।

राय सुझाव सल्लाह जेठ १५ गतेसम्म पेश गर्न सकिने बोर्डले जनाएको छ । बजारको विकास तथा सुधारका लागि रचनात्मक सुझाव दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्