राष्ट्र बैंकले खारेज गरिदियो इ-नेट पेमेन्टको लाइसेन्स, संचालनमा पूर्ण प्रतिबन्ध « Arthapath.com
३१ बैशाख २०८१, सोमबार

राष्ट्र बैंकले खारेज गरिदियो इ-नेट पेमेन्टको लाइसेन्स, संचालनमा पूर्ण प्रतिबन्ध



काठमाडौं । भुक्तानी सेवा प्रदायक इ–नेट पेमेन्ट प्रा.लि. अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्टलाई भुक्तानी उपकरणको संचालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरिदिएको हो ।

संस्थाले भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी २०७६ फागुन २१ गते अनुमतिपत्र पाएको थियो । तर, केन्द्रिय बैंकको निर्देशनको परिपालना नगरेका भन्दै राष्ट्र बैंकले खारेज गरेको जनाएको छ ।

भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १(ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको केन्द्रिय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिनदेखि लागू हुने गरी खारेज गरिएको हो ।
उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन/दायित्व बाँकी रहेको भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क राष्ट्र बैंकले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्