प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ? « Arthapath.com
२७ जेष्ठ २०८१, आईतवार

प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?



काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो ।

यो सेयरका खरिदका लागि जो कोही व्यक्ति, संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सो व सो भन्दा माथिको मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्