सेयर बजारमा करेक्सन, सोमबार दोहोरो अंकले घट्यो, कारोबार रकम साढे १९ अर्ब माथि « Arthapath.com
१४ श्रावण २०८१, सोमबार

सेयर बजारमा करेक्सन, सोमबार दोहोरो अंकले घट्यो, कारोबार रकम साढे १९ अर्ब माथि



काठमाडौं । सोमबार सेयर बजारमा करेक्सन देखिएको छ । आइतबार एकैदिन ११३.४२ अंकले बढेको बजार आज घटेको छ ।

साताको दोस्रो कारोबार दिन बजार २०.४६ अंकले घटेको हो । दिनभरको उतारचढावका बीच परिसूचक २ हजार ६६.०९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ।

आज फाइनान्स समूह ५६.६२ अंक र हाइड्रोपावर समूह २६.०२ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु भने राताम्य बनेका छन् ।

सोमबार कारोबार रकम भने साढे १९ अर्ब पुगेको छ। आज १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्