संस्थापक सेयरमा लकइन अवधि बढाउँदै « Arthapath.com
१६ असार २०८२, सोमबार

संस्थापक सेयरमा लकइन अवधि बढाउँदै



काठमाडौं । अब संस्थापक सेयरमा लकइन अवधि बढ्ने भएको छ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत संस्थापक सेयरमा लकइन अवधि बढाउने उल्लेख गरेको हो ।

‘सूचीकृत संगठित संस्थाको संस्थापक सेयरमा हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।

हाल संस्थापकको सेयरमा लकइन अवधि ३ वर्षको छ । प्रभावित स्थानीय र संस्थापकको लकइन अवधि एउटै (३ वर्ष) हुँदा प्रभावित स्थानीय मर्कामा पर्ने गरेका छन् ।

संस्थापकलाई लकइन अवधि कति राख्ने भन्ने विषय भने अध्ययन र सम्बद्ध क्षेत्रसँगको परामर्शपछि तय हुने बोर्डले जनाएको छ । प्रभावित स्थानीय र संस्थापकको लकइन अवधि एकै समय राखिँदा बजारमा सेयर संख्या एक्कासी बढ्न जाने र त्यसले मूल्य बढी मात्रामा प्रभावित हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्