सृजना सांस्कृतिक परिवारले भव्य रुपमा मनाउँदै तीज: यो वर्ष पनि भलिबल, तीज गीत र नृत्य प्रतियोगिता गर्दै
बागलुङ । सृजना सांस्कृतिक परिवार काठेखोला गाउँपालिका– ५ बिहुले यो वर्ष पनि तीज भव्य रुपमा मनाउने भएको छ ।
हिन्दु महिलाहरुको महान् चाडको रुपमा मनाइने तीजको अवसर पारेर सांस्कृतिक परिवारले विभिन्न कार्यक्रमहरु गर्न लागेको हो । परिवारले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको छ ।
सृजना सांस्कृतिक परिवारले हरेक वर्ष तीजको अवसर पारेर विभिन्न सांस्कृति तथा प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । त्यसलाई निरन्तरता दिनका लागि यो वर्ष पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको सृजना सांस्कृति परिवारका अध्यक्ष जंग बहादुर बि.क ले बताए । कार्यक्रम आउँदो भदौ २० गतेदेखि २६ गतेसम्म हुने बि.कले जानकारी दिए ।
कार्यक्रमका लागि सबै तयारीहरु थालिएको अध्यक्ष बि.कले जानकारी दिए । ‘हामीले हरेक वर्ष तीज भव्य रुपमा मनाउँदै आएका छौं । यो वर्ष पनि विभिन्न खेल प्रतियोगितासँगै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छौै । तयारीहरु धमाधम भईरहेको छ’, अध्यक्ष बि.कले भने ।
उक्त अवसरमा साविकको वडा स्तरीय पुरुष भलिवल, तीज गीत प्रतियोगता, एकल नृत्य तथा महिला मेच घुमाई लगायतका प्रतियोगिता आयोजना गरिएको सृजना सांस्कृति परिवारका खेल संयोजक मिन सुनारले बताए ।
उनका अनुसार पुरुष भलिवल प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार ५५५ रुपैयाँ, द्धितीयलाई ३० हजार ३३३ र तृतीयलाई १५ हजार रुपैयाँ रहेको छ । साथै सो प्रतियोगितमा विजेता,उपविजेतालाई मेडल तथा प्रमाण पत्र पनि प्रदान गरिने संयोजक सुनारले बताए ।
‘साविकको वडा स्तरीय भलिवल प्रतियोगताको आयोजना गरिएको छ । खेल भने प्रचलित टिटि सिष्टममा खेलाइनेछ । खेलामा टिम अफिसियलहित ९ जना सहगागि हुनुपर्नेछ’, संयोजक सुनारले भने ।
यस्तै, तीज गीत प्रतियोगतामा बिजयी हुने समूहलाई ५ हजार रुपैयाँ, ३ उप बिजेताई य३ हजार र प्रमाणपत्रको व्यवस्था छ । गीत प्रतियोगितामा तृतीयका लागि भने २ हजारको व्यवस्था छ ।
यता, एकल नृत्य प्रतियोगितामा बिजयीलाई ५ हजार उपबिजेतालाई ३ हजार र तृतीयलाई २ हजारको व्यवस्था छ। यस्तै, महिला मेच घुमाईमा पनि प्रथम हुनेले २५ सय, द्धितिय हुनेले १५ सय र तृतीय हुनेले १ हजार रुपैयाँ पाउनेछन् । कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतिहरु पनि रहने आयोजकले जनाएको छ ।