एनसेलको थ्रीजी नेटवर्क सेवा बन्द हुदैँ « Arthapath.com
१५ असार २०८३, सोमबार

एनसेलको थ्रीजी नेटवर्क सेवा बन्द हुदैँ



काठमाडौं। एनसेलले आफ्नो थ्रीजी नेटवर्क सेवा बन्द गर्ने भएको छ।

दूरसञ्चार सेवा प्रदायक एनसेलले नयाँ प्रविधि विस्तार गर्ने योजनाअन्तर्गत पाँच प्रदेशका १३ जिल्लाका २२० भन्दा बढी टावरमा असार २२ गतेदेखि थ्रीजी सेवा बन्द गर्ने भएको छ। कम्पनीका अनुसार अब भ्वाइस सेवा फोरजीमा आधारित भोल्टेमार्फत सञ्चालन हुनेछ, जसले भ्वाइस कल र डेटा सेवाको गुणस्तर तथा नेटवर्क अनुभव अझ प्रभावकारी बनाउनेछ।

यसका लागि फोरजी चल्ने सिम र मोबाइल भएका ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङ अन गर्नुपर्नेछ। कम्पनीले देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गरी फोरजी तथा भविष्यको फाइभजी नेटवर्क विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्