एक मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनालाई विद्युत रोयल्टी तिर्न विद्युत् विकास विभागको निर्देशन
काठमाडौं । विद्युत् विकास विभागले एक मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी तिर्न निर्देशन दिएको छ ।
विभागले उक्त क्षमताका सबै जलविद्युत् उत्पादकहरूलाई ३५ दिनभित्र विद्युत् ऊर्जा बिक्री बापतको रोयल्टी छिटो बुझाउन निर्देशन दिएको हो ।
२०८०/८१ सम्मको बक्यौता फरफारक गर्न र आव २०८१/८२ को जडित क्षमता बापतको रोयल्टी समयमा बुझाउन समेत विभागले भनेको छ । यस्तो रोयल्टी संघ सरकारसँगै स्थानीय र प्रदेश तहमा समेत बाँडफाँट हुन्छ ।