सहकारीसम्बन्धी संसदीय छानबिन समितिको म्याद १५ दिन थप
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ । समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव गरेका थिए
मंगलबार प्रतिनिधिसभाको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठकले २२ भदौमा समय सकिँदै थियो ।