आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान « Arthapath.com
२५ भाद्र २०८१, मंगलवार

आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान



काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तराष्ट्रि नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत प्रस्थान गरेका छन् ।

बुधबारबाट नयाँ दिल्लीमा सुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्।

एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ मार्गचित्र तयार पार्ने उद्देश्यले हुन लागेको सो सम्मेलन विहीबार समापन हुने छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने सक्त सम्मलेनमा करीब ४१ देशका २५० भन्दा बढी प्रतिनि सहभागी हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्