मुक्तिनाथ क्यापिटलको साधारण सभाले पारित गर्यो ७.५ प्रतिशत लाभांश
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । कम्पनीको १५औं वार्षिक साधारणसभाले ७.५ प्रतिशत लाभांश (नगद, करसहित) को वितरण गर्ने प्रस्ताव पारित गरेको हो
क्यापिटलको सभा गत शुक्रबार सम्पन्न भएको थियो ।
सभामा लेखापरिक्षकको प्रतिबेदन सहितको २०८१ आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आव २०८०-८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।
सोही सभाले आव २०८१-८२ को लेखापरिक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।
साथै, उक्त सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको
छ ।