बौद्धिक सम्पत्ति संरक्षण समाजको नयाँ कार्यसमिति, अध्यक्षमा केसी र महासचिवमा थापा « Arthapath.com
१९ पुष २०८१, शुक्रबार

बौद्धिक सम्पत्ति संरक्षण समाजको नयाँ कार्यसमिति, अध्यक्षमा केसी र महासचिवमा थापा



काठमाडौं । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले आफ्नो बाह्रौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सभाले नयाँ कार्य समिति सर्वसहमति साथ चयन समेत गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा विसु कुमार के.सी. उपाध्यक्ष, अमर बहादुर थापा महासचिव, लक्ष्मण प्रसाद रिमाल सचिव, सरोज खनाल कोषाध्यक्षमा, शिवा थापा चयन भएका छन् ।

सभाले चुडामणी देवकोटा, डा.प्रतिभा पाण्डे, अधिवक्ता लक्ष्मी सापकोटा, अधिवक्ता मुकेश ढुङ्गाना र सज्जनवर सिंह थापालाई सदस्यमा चयन गरेको छ । यस अघि संस्थाको अध्यक्ष पदमा मधुसुदन पौडेलले सम्हाल्दै आएका थिए ।
कार्य समितिको निर्वाचन अधिकृतको रुपमा अधिवक्ता बोध लाल पुरी रहेका थिए।


प्रतिक्रिया दिनुहोस्