स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी, लुटपाटमा संलग्न नुवाकोटका एक युवकसहित ३ जना पक्राउ « Arthapath.com
२२ पुष २०८१, सोमबार

स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी, लुटपाटमा संलग्न नुवाकोटका एक युवकसहित ३ जना पक्राउ



काठमाडौं । अवैध सुन लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने २२ वर्षीय लाल बहादुर तामाङ रहेका छन् ।

१४ पुसको आइतबार दिउँसो साढे २ बजे फ्लाई दुबईको उडान मार्फत एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी थिइन् । पछि ती महिलाले दुबईबाट सुन ल्याएको र उक्त सुन लुटिएको सूचना प्रहरीले पायो ।

सुन लुटिएको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीसँग मिलेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले उनीहरूको साथबाट ४३६.०१० ग्राम सुन, मोबाइल ३ थान र मोटरसाइकल १ थान समेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्