भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु « Arthapath.com
२३ पुष २०८१, मंगलवार

भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु



काठमाडौं । चीनको पहाडी तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुहार भूकम्पमा परेर ३८ जना घाइते भएका छन् ।

भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ। चिनियाँ निकायहरूले भने उक्त भूकम्पको म्याग्निट्यूड ६.८ भएको जनाएका छन्।

छिमेकी नेपाल र भारतका केही भागमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा भवनहरू भत्किएका छन् भने मानिसहरू भागेर सडकमा निस्किएका थिए। यस क्षेत्रमा विद्युत र खानेपानी दुवै अवरुद्ध भएको छ ।

नेपालमा भूकम्पको धक्का महसुस भए तापनि कुनै क्षति वा मानवीय क्षति भने भएको छैन ।


प्रतिक्रिया दिनुहोस्