विद्युतीय व्यवसायी संघको अध्यक्षमा शिवाकोटी सर्वसम्मत, नयाँ कार्यसमितिमा को-को आए ? « Arthapath.com
२८ पुष २०८१, आईतवार

विद्युतीय व्यवसायी संघको अध्यक्षमा शिवाकोटी सर्वसम्मत, नयाँ कार्यसमितिमा को-को आए ?



काठमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघको अध्यक्षमा दोलखाका मिलन शिवाकोटी सर्वसम्मत चयन भएका छन् ।

शनिबार काठमाडौंको धुम्बाराहीमा सम्पन्न आठौँ अधिवेशनले शिवाकोटीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा श्रीलाल श्रेष्ठ, सचिवमा रेवती रमण पौडेल, कोषाध्यक्षमा अञ्जन तिमल्सिना तथा सह–सचिवमा भिष्मराज श्रेष्ठ चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा सुमन तिमल्सिना, मिलन बस्नेत, बलराम अर्याल, गोपालबहादुर केसी, सुरेन्द्र राज उप्रेती, अचुतम तिमल्सिना, पदम प्रसाद न्यौपाने र कमला न्यौपाने चयन भएका छन् ।

निर्वाचन समितिका प्रमुख दिलिप कुमार अग्रवालका अनुसार निर्वाचन कार्यक्रम सम्पन्न भएलगत्तै बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले श्रद्धा अधिकारी साहलाई सदस्य मनोनीत गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । काठमाडौं जिल्लामा विद्युतीय सामानहरूको उत्पादन, बिक्री वितरण र त्यसमा आवद्ध उद्यमी तथा व्यापारी व्यवसायीहरूबीच आपसी समन्वय र सहयोग स्थापना भएको हो । व्यावसायिक हकहितको संरक्षण गर्न स्थापित संघमा हाल ६५० जना सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस्