स्काईवर्थ ‘सपना साकार’को विजेता बने अर्याल, जिते एमजी कमेट ईभी

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ’स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ ।
बुधवार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई उक्त कारको साँचो हस्तान्तरण गरिएको हो ।
साथै उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनी आफैले व्यहोर्ने पनि जनाइएको छ । स्मार्ट एप्लायन्सेस् प्रा.लि.को ’स्काईवर्थ सपना साकार’ उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म संचालन गरिएको थियो। जसमा नेपालभरका ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्र मार्फत माइक्रोवेभ प्रदान गरिसकेको छ भने ४० प्रतिशत सम्मको आकर्षक छुटसहित आफ्ना प्रिमियम होम एप्लायन्सहरू पनि ग्राहकहरूलाई उपलब्ध गराएको थियो ।
स्काईवर्थ सधैं गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै अगाडि वढ्ने स्काईवर्थका डेप्टी जेनेरल म्यानेजर अमित बज्राचार्यले बताए ।
स्काईवर्थले उत्पादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै आएको छ । ग्राहकको अनुभवलाई सधै प्राथमिकता दिँदै आएकोले हरेक घर–परिवारमा आफ्नो विश्वास कायम राख्दै आएको छ ।