कमल थापाको ‘यानी माया’ गीतमा बिन्दुको आवाज, युना र राजेशको मुख्य अभिनय (भिडिओसहित)

काठमाडौं । कमल थापा मगरको ‘यानी माया’ बोलको नेपाल पप गीत सार्वजनिक भएको छ । गायिका बिन्दु बिसीको सुमधुर आवाजामा रहेको उक्त गीत केही अघि मात्रै नेपाली संगीत बजारमा सार्वजनिक भएको हो ।
‘यानी माया’ बोलको गीतको शब्द सृजना भने गोविन्द अनेकले गरेका छन् । संगीत (लय) र संगीत संयोजन थापा आफैले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङ भने चर्चित साउन्ड इन्जिनियर स्यामस्वेत रसाइलीको रहेको छ ।
रिना थापाद्वारा निर्देशित उक्त गीतको भिडिओमा भने युना थापा र राजेश श्रीस मगरलाई मुख्य अभिनयमा देख्न सकिन्छ ।
गीतको छायाङ्कन सौगात थापा ‘योन्सा’ सुमन थापा र सुरज पुनले गरेका छन् । भिडियो सम्पादन भने योन्सा र सुमन थापाले गरेका हुन् ।
‘यानीमा’ गीत कमल सिंजाली थापा युट्युव च्यानलमा हेर्न सकिनेछ ।