आठौँ ‘चेम्बर एक्स्पो–२०२५’ भृकुटीमण्डमा सुरु, आइटी क्षेत्र मुख्य आकर्षण « Arthapath.com
१७ माघ २०८१, बिहीबार

आठौँ ‘चेम्बर एक्स्पो–२०२५’ भृकुटीमण्डमा सुरु, आइटी क्षेत्र मुख्य आकर्षण



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको चेम्बर एक्स्पो–२०२५ आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

माघ २१ गतेसम्म चल्ने मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । स्थानीय उत्पादनको प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले ‘चेम्बर एक्स्पो २०२५’ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ।

एक्स्पोमा स्वदेशमा उत्पादित वस्तुका साथै अन्तराष्ट्रिय वस्तुहरुको प्रर्दशनी हुँदैछ । मेलामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, चीन, मलेसिया, थाईल्याण्ड, जापान र कोरियाका व्यवसायीको सहभागिता रहेको छ ।

व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ । एक्स्पो १२५ भन्दा बढी स्टल रहेका छन् भने कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकभित्र हुने व्यापारिक मेलालाई बाह्य मुलुकका व्यवसायीसँग प्रत्यक्ष सहकार्य हुने अवसर प्राप्त हुने बताए ।

यसपटक सूचना तथा प्रविधि अर्थात् आइटी क्षेत्र (एआई)लाई समेत समेटिएको उनले बताए । नेपालमा आइटी क्षेत्रको सम्भावना रहेको उनको भनाइ छ । सूचना तथा प्रविधिसँग रहेर काम गर्ने कम्पनीहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्ने समेत उनले बताए । यो क्षेत्रलाई चेम्बरले समेत प्राथमिकता राखेको छ ।


प्रतिक्रिया दिनुहोस्