६ वर्षदेखि रोकिएको मर्चेन्ट बैंकर व्यवसायको अनुमति पुन: सुचारु « Arthapath.com
२३ माघ २०८१, बुधबार

६ वर्षदेखि रोकिएको मर्चेन्ट बैंकर व्यवसायको अनुमति पुन: सुचारु



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मर्चेन्ट व्यवसायको अनुमति प्रदान गर्ने कार्य पुन: सूचारू गरेको छ । ६ वर्षदेखि स्थगित मर्चेन्ट बैंकर व्यवसायको अनुमति पुन: सुचारु गरेको हो।

अब धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायलाई पुन: अनुमतिपत्र प्रदान गरिने बोर्डले जनाएको छ । मर्चेन्ट बैंकर व्यवसायको अनुमति २०७५ साउन ८ गतेदेखि हालसम्म स्थगित थियो ।

नियमावली बमोजिमको अनुमतिपत्र प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न चाहेमा नियमावली बमोजिमको व्यवसाय सञ्चालन गरेको दश वर्ष पूरा गरिसकेको तथा कम्तीमा एक अर्ब चुक्ता पुँजी कायम रहेको भए ३० प्रतिशतभन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था समेत भएको बोर्डले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्