माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिज सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता « Arthapath.com
२४ माघ २०८१, बिहीबार

माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिज सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता



काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले काठमाडौँ स्थित सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

क्यापिटलले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडसंगको संयुक्त आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा उच्च माध्यामिक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्याम्पसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई सेयर बजारको जानकारी, लगाानीको महत्व लगायतका विषयमा वित्तीय जनचेतना सम्बन्धी सचेतना प्रदान गरेको छ ।

क्यापिटलले माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्