पूर्वाधार समितिको बैठकमा जलस्रोत विधेयकका बारेमा छलफल हुने

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।
पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ९:०० बजेवाट सुरू हुनेछ ।