सुरक्षित कारोबार विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए ।
प्रस्तावित विधेयकमा भएका व्यवस्थाहरूको कार्यान्वयनबाट चल सम्पत्तिको धितोमा हुने कारोबार सुरक्षित र व्यवस्थित भइ चल सम्पत्ति उपरको दायित्व परिपालना हुने र यसले चल सम्पत्तिको धितोमा हुने आर्थिक क्रियाकलाप बढोत्तरी हुने अपेक्षा छ।