सेयर बजारमा दोहोरो अंकको वृद्धि, झन्डै साढे ९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८ बिन्दुमा उक्लिएको छ ।
३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस दिन १७६ कम्पनीको सेयर मूल्य बढ्यो भने ६३ कम्पनीको घट्यो । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
आज म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक अन्य सबै सूचकमा हरियाली छायो ।
विन नेपाल लघुवित्त गुराँस लघुवित्त, नेपाल फाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो । न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्यो ।
कारोबार रकमको आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रह्यो ।