अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य, आजै डिस्चार्ज हुने « Arthapath.com
५ फाल्गुन २०८१, सोमबार

अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य, आजै डिस्चार्ज हुने



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अस्पतालबाट आजै डिस्चार्ज हुने भएका छन् ।

कीर्तिपुर अस्पातमा २ दिनदेखि उपचार गराई रहेका पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि आज उनको डिस्चार्ज हुने भएको हो ।

शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उदघाटनको क्रममा बेलुन विस्फोट भई अर्थमन्त्री पौडेल घाइते भएका थिए । घटनामा उनीसँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भएका थिए ।

अर्थमन्त्री पौडेल र मेयर आचार्यको जलनपछि कीर्तिपुर अस्पातालमा उपचाररत छन् । हाल दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेको अस्पातलले जनाएको छ ।

अर्थमन्त्री पौडेल आजै डिस्चार्ज हुने भएपनि मेयर आचार्यकोको भने उच्च रक्तचापको समस्या देखिएकाले केही थप उपचार हुने अस्पालले जनाएको छ । उनको उपचारको लागि हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको छ । संक्रमण जोखिम कम गर्न हाललाई मेयर आचार्यसँगको भेटघाट बन्द गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्