वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै साढे ७३ लाखभन्दा बढी ठगी, २ जना पक्राउ « Arthapath.com
७ फाल्गुन २०८१, बुधबार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै साढे ७३ लाखभन्दा बढी ठगी, २ जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलाम सूर्योदय नगरपालिका-१० घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् ।

पक्राउ मध्ये सरनले सिंगापुर पठाइदिछु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रूपैयाँ र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्